बजेटमाथिको छलफल प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र


काठमाण्डु- प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए ।

बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिने बताए । प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणमा पर्सि १७ गते भारत जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement