अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई दियो ८ करोड १० लाखको सहमति

अर्थ मन्त्रालयले १२ वटा अस्पताललाई दियो ८ करोड १० लाखको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थ मन्त्रालयले विभिन्न अस्पतालहरुलाई ८ करोड १० लाख रूपैयाँको सहमति दिएको छ ।

मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि मन्त्रालयले १२ वटा अस्पतालका लागि उक्त रकमको सहमति दिएको हो ।

बजेट दिइएका अस्पतालमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रूपैयाँ रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुमपश्चिमका लागि ७५ लाख, टीकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ लाख छ ।