आजै नयाँ बजेट ल्याउने सरकारको तयारी

आजै नयाँ बजेट ल्याउने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आजै नयाँ बजेट ल्याउने तयारी गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभामा बजेट अध्यादेश स्वीकृत भइसकेको छ ।

अध्यादेश स्वीकृत भएसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् आजै नयाँ बजेट पेस गर्ने तयारी गरेका छन् ।

आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीकाबीचमा अर्थमन्त्री शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । सभामुख अग्नि सापकोटाले १५ मिनेटपछि प्रतिनिधि सभाको अर्को बैठक डाकेका छन् ।