काठमाण्डु – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल आम्दानी एक हजार चार सय ८६ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।
शुक्रबार अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान गरेका छन् ।
चालु आर्थिक २०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेको बताइएको छ । चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन(उत्पादकको मूल्यमा) ४२ खर्ब ट६ अर्ब ३२ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान रहेको छ ।
त्यस्तै मन्त्रालयले पाँचवटा प्रदेशको चालू आर्थिक वर्ष २०७७/०७८ मा ती प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने अनुमान गरेको छ ।




प्रतिक्रिया