सुदूरपश्चिममा बजेट विवाद : विपक्षी दलले राखेको १४ बुँदे माग पूरा गर्न सरकार सहमत

सुदूरपश्चिममा बजेट विवाद : विपक्षी दलले राखेको १४ बुँदे माग पूरा गर्न सरकार सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट विवादमा सहमति जुटेको छ । आगामी आर्थिक वर्षको बजेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभामा विरोध गर्दै आइरहेको थियो ।

आज बसेको मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरूको बैठकमा विपक्षी दलले राखेको १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो ।

बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आज प्रदेशसभा बैठक सुरू हुने भएको छ । विभिन्न माग राखी प्रतिपक्षी दलले संसद बहिष्कार गर्दै आएका थिए ।