काठमाण्डु – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।
आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्यले आर्थिक वर्ष २०८०-८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् ।
उपप्रमुख शाक्यका अनुसार पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरपालिकाले सडक पुर्वाधार, सम्पदा, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, हरेक वडामा सार्वजनिक शौचालय निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माण लगायत कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।




प्रतिक्रिया