आज ४ बजे बजेट सार्वजनिक हुँदै

आज ४ बजे बजेट सार्वजनिक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी आर्थिक बर्ष २०७८-७९ को बजेट अध्यादेशबाट ल्याउदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने छन् ।

सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको अर्थमन्त्रालय श्रोतले जनाएको छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।