संसदको संयुक्त बैठकमा बजेट भाषण सुरु (लाइभ)


काठमाडौं – सरकारले आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा। युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

देश संघीयतामा गएपछि सरकारले राजश्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट प्रस्तुत गरेको हो ।
सरकारका अर्थमन्त्री युवराज खतिवडाले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५\०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्न सुरु गरेका हुन् । अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement