बुद्ध एयरले यात्रुका लागि ल्यायो माइलेस सुविधा, वार्षिक १६ करोड रुपैयाँ बराबरको छुट

बुद्ध एयरले यात्रुका लागि ल्यायो माइलेस सुविधा, वार्षिक १६ करोड रुपैयाँ बराबरको छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।

संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् र उनीहरुसँग पाँच माइल बाँकी छ भने त्यो माइल प्रयोग गरी अर्को टिकट खरिद गर्दा तुरुन्तै पाँच सय माइल बराबरको छुट पाउन जानकारी दिए ।

यात्रु सदस्यहरूले यस फ्रिक्वेण्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै माईलेज प्वाईण्ट’ जम्मा गर्न पाउनेछन् । निश्चित माईलेज प्वाइण्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउण्ट एवं निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्ने जनाइएको छ ।

सस्तो टिकटमा पनि माइलेज प्वाईन्ट
बुद्ध एयरले यसअघि रिफण्डेबल टिकट अर्थात ‘वाइ’, ‘ए’ र ‘बी’ क्लासमा मात्र यात्रुलाई माईलेज प्वाइण्ट प्रदान गर्दै आएकोमा अबदेखि नन–रिफण्डेबल टिकटमा पनि माईलेज प्वाइण्ट प्रदान गरिने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ डाईरेक्टर रूपेश जोशीले जानकारी दिए ।

अनलाइनबाटै माइलेज टिकट
अब यात्रुहरूले संकलित माईलेज प्वाइण्ट प्रयोग गरि बुद्ध एयरको मोबाईल एप वा वेवसाईटबाटै सजिलै टिकट काट्न सक्नेछन् । यसअघि यो सुविधा केवल सेल्स काउण्टर वा एयरपोर्ट काउण्टरमार्फत मात्र उपलब्ध थियो ।

जस्तै, काठमाडौंबाट पोखरा उडानमा नन रिफण्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइण्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा काठमाडौं उडान टिकटमा रू. ११२ सम्मको सहजै डिस्काउण्ट प्राप्त गर्न सक्छन् ।

यात्रुहरूले जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ ।

यसले यात्रापछि प्राप्त हुने माईलेज प्वाइण्ट तथा डिस्काउण्टको सुविधा लिन सजिलो हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।
रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइण्ट प्रयोग गरि डिस्काउण्ट प्राप्त गर्न सक्नेछन् ।

यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।