बूढानीलकण्ठको न्यायिक समितिमा ४९ उजुरी

बूढानीलकण्ठको न्यायिक समितिमा ४९ उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०७५-७६ मा ४९ उजुरी दर्ता भएको छ। सबैभन्दा बढी जग्गा विवादको उजुरी परेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले जानकारी दिइन्।

सकेसम्म उजुरी मेलमिलापबाटै टुंग्याउने गरेको र मिल्दैै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरिएको उपप्रमुख राईले बताए। उनका अनुसार तीमध्ये १५ उजुरीमा मेलमिलाप गरिएको छ। छ वटालाई अदालतमा सिफारिस गरिएको छ भने १३ वटा फर्स्योट भएका छन्। बाँकी २२ उजुरी प्रक्रियामै रहेको राईले बताए।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि घर-जग्गा विवाद, पारिवारिक विवाद, गालीगलौज, लेनदेन विवाद र घरबहालसम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेका छन्। चालु आर्थिक वर्षमा पारिवारिक विवादका नौ उजुरी दर्ता भएको छ। नगरपालिकाको न्यायिक समितिमा घरबहालसम्बन्धी ६ र गालीगलौजसम्बन्धी चार उजुरी दर्ता भएको छ।

त्यस्तै सम्बन्धविच्छदेका ६ तथा बाटो विवादसम्बन्धी र लेनदेन ठगी विवादसम्बन्धी चाररचार उजुरी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको छ। न्यायिक समितिमा वातावरण प्रदूषणसम्बन्धी उजुरी पनि पर्ने गरेको कार्यालयले जनाएको छ। कलकारखानाको ध्वनि प्रदूषणका कारण नजिक रहेको बस्तीमा बस्न समस्या भएको छ। दैनिक कामकाजमा समेत बाधा पुगेकाले न्यायिक समितिमा उजुरी आउने गरेको राईले बताए।

नगरपालिकामा सबै उजुरी लिखितरुपमै आउने गरेको छ। उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई कानून व्यवसायी सदस्य छन्। समितिले यहाँ दर्ता भएका उजुरी सुनुुवाइका लागि प्रत्येक मंगलबार र शुक्रबार इजलास राख्दै आएको छ। रासस