बुढीगण्डकी आयोजना : मुआब्जा निर्धारणको माग गर्दै स्थानियले गरे आन्दोलनको घोषणा

बुढीगण्डकी आयोजना : मुआब्जा निर्धारणको माग गर्दै स्थानियले गरे आन्दोलनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – बुढीगण्डकी आयोजना डुबान क्षेत्र अन्तर्गतका वासिन्दाले छिटो र उचित मुआब्जा निर्धारणको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

आयोजनाको मुख्य डुबान प्रभावित क्षेत्र गोरखाको आरुघाट, आरर्खेत र धादिङका विशाल नगर, खहरेका स्थानीयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सोमबार बुढीगण्डकी सरोकार समिति गोरखा र धादिङको संयुक्त आयोजनामा बसेको बैठकले ४ मंसिरमा केन्द्र र प्रदेशका सांसदहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

५ मंसिरमा जिल्ला प्रशासन कार्यालय गोरखामा र ६ मंसिरमा धादिङमा धर्ना दिने, ९ मंसिरमा सिउरेनीटारमा रहेको आयोजना अन्तर्गत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको आयोजनाका राष्ट्रिय सरोकार समिति आरुघाटका अध्यक्ष दिनेश कुमार ढकालले जानकारी दिए । पटक पटक मुआब्जा तोक्न आलटाल गर्दै आएकाले आन्दोलन घोषणा गर्नुपरेको उनको भनाइ छ ।

धर्ना कार्यक्रममा गोरखाको आरुघाट र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको जनप्रतिनिधि, जिल्ला समन्वय समिति सदस्य, वडा अध्यक्ष र सरोकार समितिका अध्यक्षहरुको सहभागिता रहने छ ।