बुढीगण्डकी जलविद्युत आयोजनाको भविष्य अन्यौलमा : नेपाली कांग्रेस

बुढीगण्डकी जलविद्युत आयोजनाको भविष्य अन्यौलमा : नेपाली कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले तोकेको बुढी गण्डकी जलविद्युत परियोजनाको मुआब्जाप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेसले बिहीवार एक विज्ञप्ती जारी गर्दै स्थानीयवासीको जग्गाको मुआब्जा र स्थानीयवासीको असन्तुष्टीप्रति नेपाली कांग्रेसले असन्तुष्ट जनाएको हो ।

आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिंदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको जनाएको छ । ‘सो भेगका वासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टी एवं आक्रोश जन्मने थिएन,’ विज्ञप्तीमा उल्लेख छ ।

मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु¥याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी वाध्य भएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले १२०० मेगावाटको उक्त परियोजना नेपाल आफैले निर्माण गर्ने निर्णय डा. स्वर्णीम वाग्लेको संयोजकत्वको अध्ययन कार्यदलको अध्ययनको निष्कर्षका आधारमा गरेको जनाएको छ ।

डिजेल र पेट्रोल खरीद गर्दा प्रतिलिटर ५ रुपैयाँका दरले उपभोक्ता मार्फत बुढी गण्डकीका लागि जारी रकम संकलन पनि अर्बौं पुगिसकेको भन्दैै वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एक पछि अर्को घटनाका साथ अन्यौलमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

विकास परियोजनाहरु संचालन गर्न स्थानीयवासीलाई आवश्यक विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायरा भित्रकै विषय हो भन्दै मंसिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षीत भएको कांग्रेसको आरोप छ ।