बूढीगण्डकी जलविद्युतमा उर्जामन्त्री पुन सक्रिय, आयोजना इपिसिएफ मोडलमा बनाइने

बूढीगण्डकी जलविद्युतमा उर्जामन्त्री पुन सक्रिय, आयोजना इपिसिएफ मोडलमा बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको लागि २५ अर्वको मुआब्जा वितरणको काम सम्पन्न गरेको छ ।

मंगलबार संघीय संसदकोसार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मुआब्जा वितरणको काम सम्पन्न गरेको बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा वितरणको काम विवादमा आएकाले त्यसलाई समाधान गर्न प्रयास भइरहेको बताए ।

त्यस्तै मन्त्री पुनले बूढीगण्डकी आयोजना निर्माणको काम ‘ईपिसिएफ मोडल’मा अघि बढाउने तयारी गरेको पनि बताए । चीनको गेजुवा कम्पनीले आयोजनाको काममा अघि बढाउन चासो नदिएपछि सरकारले स्वदेशी तथा आवश्यक्ता अनुसार विदेशी कम्पनीको संयुक्त लगानी (इपिसिएफ मोडल)मा कामलाई अघि बढाउने तयारी गरेको हो ।

मन्त्री पुनले आयोजनाको काम अघि बढाउने गरी ड्याम साईडको मुआब्जा वितरणको काम सम्पन्न गरिएको पनि जानकारी दिए ।