काठमाण्डु – बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ ।
त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेकाे सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यले जानकारी दिए ।
आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ ।




प्रतिक्रिया