काठमाण्डु- नेकपा एमालेका नेताकर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य थापा सोही नगरपालिकाका बासिन्दा हुन् । पुर्वमन्त्री समेत रहेका थापाले बैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खातीमात्रै हार्ने अवस्था रहेको भन्दै अहिले आएर प्रधानमन्त्री, गृहमन्त्री, आईजिपी र प्रधानन्यायाधीश नै एकसाथ हार्न लागेको बताए ।
उनले भनेका छन्, ‘बैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खातीमात्रै हार्ने थिए । असार २३ को निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण,आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक कार्की एकसाथ हार्दैछन । शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शीर निहुर्याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु ।’
बुढीगंगा नगरपालिकाकाको मतगणना जारी रहेको बेला थापाले उक्त आरोप लगाएका हुन् । बुढीगंगामा एमालेबाट दुई जना वडा अध्यक्ष निर्वाचित भइसकेका छन् भने मेयर उपमेयरमा समेत एमालेले जित्ने निश्चित भएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी निर्वाचन स्थगित गराइएको थियो । एमालेले सत्ताको दुरुपयोग गरेर निर्वाचनमा धांधली भएको आरोप लगाएको थियो । तर, निर्वाचन आयोगले पनि पुनः निर्वाचन गराउने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ता खम्म खातीका दाई बुढीगंगामा कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार थिए । उनले नै दाईलाई जिताउन राज्यशक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो । निर्वाचन आयोगले समेत उनलाई कार्वाही गर्न सिफारिस गरिसकेको छ । खातिले मतदान रद्द गराउन भुमिका खेलेका थिए ।
एमालेका वडाअध्यक्षका उम्मेदवारले पुनः मतदानको माग गर्दै अदालत गएपनि कामु प्रधानन्यायाधीश दीपक कार्कीको इजलासले पुनः मतदानको पक्षमा आदेश दिएको थियो । महान्यायाधीवक्ता खाती उक्त फैसला गर्ने दिन प्रधानन्यायाधीशको च्याम्बरमै पुगेका थिए । उनकैप्रभावमा कार्कीले पुनः मतदानको फैसला गरेको स्रोत बताउंछ ।
बुढीगंगामा अहिले मत गणना जारी छ । एमालेले क्लिन स्विप गर्ने लगभग निश्चित भएको एमालेले नेता थापाले बताएका छन् ।




प्रतिक्रिया