प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि सरकारले पेश गरेको ‘विनियोजन विधेयक’ बजेट प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ।

जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए।

उक्त बजेटलाई बुधबार अर्थमन्त्री डा. महतले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो। बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेका छन् । मत विभाजन हुँदा संसद्‍मा २५५ जना सांसद उपस्थित थिए ।

बजेटको विपक्षमा नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतले मत हालेका छन् ।