बेइजिङ – कोरोनाभाइरसको संकटमा सबैभन्दा पहिले परेको चीनले हाल यसमाथि नियन्त्रण पाइसकेको छ । कोरोनाभाइरसबाट मर्नेको संख्या कम हुदै गइरहेको छ ।
तर यसैबीच अर्को अचम्म लाग्दो रिपोर्ट आएको छ । चीनको अस्पतालबाट ठीक भएर घर गइसकेका ३ देखि १० प्रतिशत कोरोनाभाइरसका बिरामीमा फेरी पोजिटिभ पाइएका छन् ।
यद्यपि वुहानमा कोरोनाको प्रकोपको सामना गरिरहेका टोगजी अस्पतालका डाक्टरले आपूmलाई जुन बिरामीको रिपोर्ट पोजिटिभ आएको छ उनीहरु संक्रामक भएको प्रमाण आफूलाई फेला नपरेको बताएका छन् ।
गत वर्षको डिसेम्बरमा चीनमा कोरोना भाइरसको सुरुवात भएको थियो । यस भाइरसबाट त्याहाँ ८१ हजार भन्दा बढी मानिस संक्रमित भएका थिए । ३,२०० भन्दा बढी मानिसको मृत्यु समेत भएको छ ।
चीनमा कोरोनाभाइरसबाट संक्रमित ९० प्रतिशत भन्दा बढी बिरामी निको भएर घर फर्केका छन् भने ४,३०० रोगी अझैपनि अस्पतालमा उपचार गराइरहेका छन् ।
सीसीटीभीका अनुसार अस्पतालले पुष्टि गर्दै एक पनि न्यूक्लिक एसिड परीक्षणको समयमा १४७ बिरामीमा केबल ५ बिरामीमा पोजिटिभ पाइएको उल्लेख गरेको जनाएको छ । यो केबल ३ देखि ५ प्रतिशतकोबीच हो ।




प्रतिक्रिया