काठमाडाैं – वुहानबाट ल्याइएका १७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ। बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका १७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो।

बुहानबाट शुरुमा १८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्याएका हुन् ।
क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो। १७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्।
चीनकाे वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।





प्रतिक्रिया