काठमाण्डु– बुङ्गल हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । बिहीबार बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच आइपीओ बाँडफाँड गरेको हो ।
बुङ्गल हाइड्रोको आइपीओ गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको थियो ।
कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदर सदर भएका छन् ।
यीमध्ये १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात खालिभएको छ ।
कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ । अनुमति बहाल रहने अवधि २६ वर्ष १० महिना रहेको छ । केयर रेटिङबाट कम्पनीले बी रेटिङ पाएको छ ।
आइपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।




प्रतिक्रिया