तीन वर्षअघि प्रधानमन्त्री अाेलीले शिलान्यास गरेकाे बुंगमतीकाे अनुगमनमा सीइअाे ज्ञवाली

तीन वर्षअघि प्रधानमन्त्री अाेलीले शिलान्यास गरेकाे बुंगमतीकाे अनुगमनमा सीइअाे ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताएका छन्।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीभित्रका घरहरु मौलिक शैलीमा पुनर्निर्माण गर्दा प्रति घर ५० हजार रुपैयाँ थप रकम प्राप्त हुने प्राधिकरणको पछिल्ला निर्णयबारे जानकारी गराए।  उनले सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार निर्माणमा पनि प्राधिकरणले सहयोग गर्ने बताए।

अघिल्लो कार्यकालमा प्रधानमन्त्रीलाई बुंगमती ल्याएर यसको गुरुयोजना अनावरण गराएको स्मरण गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा उक्त गुरुयोजनाअनुसार पुनर्निर्माण सम्पन्न गरेर प्रधानमन्त्रीबाट उद्घाटन गराउने आफ्नो इच्छा रहेको पनि बताए।

सम्पदा बस्तीको महत्वबारे आफ्नो धारणा राख्दै उनले भने, “बुंगमतीको मौलिक रुपमा पुनर्निर्माण गर्दा यहाँ ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक ल्याउन सकिन्छ जसले जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ ।”

कार्यक्रममा उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पम्फा भूसालले बुंगमतीलाई समेत समेटेर एउटा सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना सुनाउँदै बंगमतीको मौलिक पुनर्निर्माणका लागि आफनो तर्फबाट सबै खालको पहल गर्ने आश्वासन दिए।

बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद्को प्रथम बार्षिक साधारण सभाको उक्त कार्यक्रममा उनले भने “कला, संस्कृति र सम्पदाको संरक्षणबाट नै यस क्षेत्रको संबृद्धि संभव छ ।”

तीन नम्बर प्रदेशसभाका सांसद जीवन खड्काले प्रधानमन्त्रीद्धारा बुंगमती पुनर्निर्माणको गुरुयोजना अनावरण गरिएकोले त्यसलाई सफल पार्न स्थानीयको पनि महत्वपूर्ण भूमिका हुने बताए।

बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास परिषद्का अध्यक्ष प्रेमभक्त महर्जनका अनुसार बुंगमती क्षेत्रमा ८०५ जनाले निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेकोमा ५९३ जनाले पहिलो किस्ता लिएका छन् । तर, घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भने निकै कम छ ।

महर्जनका अनुसार भूकम्प प्रभावित लाभग्राहीले नक्सा बनाउन नसक्नु, सम्पदा क्षेत्र भएका कारण पास गर्न कठीनाई हुन, भोगचलनको समस्या तथा घरजग्गा दर्ता नहुनु आदि रहेको बताउँछन्।

पुनर्निर्माणको महाशुभारम्भ कार्यक्रमअन्तर्गत २०७२ माघ २ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले युएन ह्याबिट्याटले निर्माण गरेको बुंगमती गुरुयोजनाको नक्सा अनावरण गरेका थिए।