काठमाण्डु- भक्तपुरको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको छ। आज काठमाण्डुको रत्नपार्कमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा उद्घाटन गरेका हुन्।
अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घन्टा समय लाग्ने गरेकामा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने जनाइएको छ ।
माइतीघर, कोटेश्वर, जडीबुटीजस्ता ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिनुपर्ने छैन। द्रुत बसमा हालका लागि रत्नपार्क–सूर्यविनायक रुटका अरु सार्वजनिक बसले लिने भाडा कायम गरिएको छ।




प्रतिक्रिया