धनगढीबाट जोगबुढा जादैँ गरेको बस दुर्घटना, यी हुन् घाइते भएका तीन जना

धनगढीबाट जोगबुढा जादैँ गरेको बस दुर्घटना, यी हुन् घाइते भएका तीन जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- कैलालीको अत्तरियामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

धनगढीबाट डडेल्धुराका लागि छुटेको बस आज अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

जोगबुढाका हरिश भट्टराईले चलाएको बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो । दुर्घटनामा घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।