दसैंको मुखमा १० प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा (सहमतिपत्रसहित)

दसैंको मुखमा १० प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा (सहमतिपत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बृद्धि गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यावसायीबीच शनिबार भएको वार्तामा आइतबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि गर्ने सहमति भएको हो।

दसैं आउन एक महिना हुँदा समेत यातायात व्यावसायीहरुले बसको टिकटको अग्रिम बुकिङ नखुलेपछि सरकार यस्तो सहमतिमा पुगेको हो।
अब बुकिङ खुल्ने सहमति भएपनि मिति तोकिएको छैन।

समय सापेक्ष भाडादर आगामी मंसिर २९ गतेसम्ममा समायोजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको छ। भाडादर समायोजनका लागि समिति गठन गरिनेछ।

योसँगै अब यातायात व्यावसायी बसको अग्रिम टिकट बुकिङका लागि सहमत भएपनि मिति तोकिएको छैन।