दसैँको अग्रिम टिकट भाेलिदेखि खुल्ने

दसैँको अग्रिम टिकट भाेलिदेखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–दसैंका लागि बसका अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुल्ने भएकाे छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाे साेमबारकाे बैठकले मंगलबारदेखि अग्रिम टिकट खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

यसअघि यातायात व्यवसायीले ५ गतेदेखि टिकट बुकिङ खोल्न सहमति जनाए पनि इन्धनको भाउ बढेपछि भाडा समायोजन गर्नुपर्ने भन्दै बुकिङ रोकेका थिए। व्यवसायीकाे माग अनुसार सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेपछि  व्यवसायीहरुले टिकट खोल्ने निर्णय गरेका हुन्।