काठमाडौं – अब लामो सार्वजनिक यातायातमा यात्रु उभ्याउन नपाइने भएको छ । यातायात व्यवस्था ऐनमा यात्रु उभ्याउन नपाइने व्यवस्था पहिल्यै उल्लेख भएपनि कार्यन्वयन गर्न सकेको थिएन ।
सरकारले साना तथा लामो दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन नपाउने ब्यवस्थालाई पूर्ण रुपमा कार्यन्वयन गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाालले जानकारी दिए ।
।
माइक्रो, तिनपांग्रे र लामो दुरीको सवारी साधनमा यात्रुलाई उभ्याउनै नपाइने भन्दै यो विषयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसगँ छलफल गरेर सूचना जारी गर्ने महानिर्देशक हमालले बताए ।




प्रतिक्रिया