भोलिदेखि लामो दूरीका यातायात पनि सञ्चालन हुने


काठमाण्डु-  कोरोना भाइरस महामारीका कारण दुई महिनादेखी बन्द लामो दुरीका सार्वजनीक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले भोली (शनिबार) देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ । यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement