नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भाल्चेबाट काठमाण्डु आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् ।

नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीका अनुसार दुर्घटनामा परि घाइते भएकाहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।