काठमाण्डु – पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–५ को सिवा खोलामा दुर्घटना हुँदा ५४ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर अवस्थाका घाइतेको पाँथचरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया