हेटौंडामा बस दुर्घटनाः २ जनाको मृत्यु, ३७ घाइते

हेटौंडामा बस दुर्घटनाः २ जनाको मृत्यु, ३७ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा अन्य ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंबाट​ यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा झापाको दमक-५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ जिल्ला बेलबारी-८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशी छन् ।

घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।