स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर-स्कुल बसले ठक्कर दिँदा विरातटनरमा आज साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिन विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

मोरङ प्रहरीका अनुसार विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पु¥याउनसाथ मृत्यु भएको थियो ।

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।