बस दुर्घटना हुँदा १७ जना घाइते

बस दुर्घटना हुँदा १७ जना घाइते

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-डोटीमा बस दुर्घटना भएको छ । धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका–४ समुहगाडमा आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी तथा प्रवक्ता भीमलाल भट्टराईका अनुसार बसमा सवार १७ जना घाइते भएका छन् । बसमा जम्मा कति जना यात्रु थिए भन्ने खुलेको छैन् ।

अहिले राहात उद्धारको काम भइरहेको छ । घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ ।