काठमाण्डु-चितवनको भरतपुर महानगरपालिका–२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ ।
मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन् । भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन् ।
आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।




प्रतिक्रिया