कठमाण्डु-सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा बाँके जंगलमा ना.७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महोत्तरीको बर्दिबासमा आयोजित लघुवित्त पीडितको प्रदर्शनमा सहभागी सहभागी भएर सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
बसमा ३५ जना सवार थिए । जसमध्ये १५ जना घाइते भएका हुन् । घाइते हुने अधिकांश महिला छन् । घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।
बस दुर्घटनापछि चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण बस पल्टिएको यात्रुले बताएका छन् ।




प्रतिक्रिया