बस दुर्घटनामा ११ जना घाइते

बस दुर्घटनामा ११ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नारायणघाट सडक बिस्तारको क्रममा खनिएको खाडलमा बस खस्दा ११ जना घाइते भएका छन्। नवलपुरको देवचुली– ११ दलदलेमा गएराति बुटवलबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ । भरतपुर उपचारका लागि पठाइएका ६ जनाको अवस्था मध्यम रहेको र बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।