बस दुर्घटना हुँदा १६ जना घाइते

बस दुर्घटना हुँदा १६ जना घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुबाट झापा जाँदै गरेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ।

दुर्घटनामा काठमाण्डुमा जारी भएको शिक्षक आन्दोलनबाट फर्किरहेका १६ जना शिक्षक घाइते भएका छन् । तीमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ।

बस अनियन्त्रित भएर दुर्घटना भएको र चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।