काठमाण्डु- काठमाण्डुबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार काठमाण्डुदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।
लुप्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया