काठमाण्डु- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन्।
दाङबाट काठमाण्डु आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान घुमाउने भन्ने स्थानमा सडकमै पल्टिएको हो।
दुर्घटनापछि प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते मध्ये १० जनाको अवस्था माध्यम र २८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।




प्रतिक्रिया