धनगढीबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना, १२ जना घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना, १२ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नम्बरको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ ।