त्रिशूली बस दुर्घटना अपडेट : छानबिन समिति गठन, ९ जनाको सनाखत,

त्रिशूली बस दुर्घटना अपडेट : छानबिन समिति गठन, ९ जनाको सनाखत,

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनाबारे गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सरोकारवाला निकायसँग छलफलमा समिति गठन भएको हो ।

बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ ।

आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।

सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन र कडाईकासाथ नियमन गर्न निर्देशन दिए ।

दुर्घटनाका दोषिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए । निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौति थपिनसक्ने खतरा औल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वका लाग्न सबै सरोकारवालाहरुलाई आग्रह गरे ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान पृथ्वी राजमार्गबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको थियो।

यता, दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। बसमा चालकसहित ४४ जना सवार थिए ।
मृत्यु भएका मध्ये ९ जनाको सनाखत भएको छ। सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये अधिकांशको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागी ल्याइएको छ ।

सनाखत भएका मृतकहरू

२४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान

कास्की, पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला

स्याङ्जा वालिङ घर भई हाल नागार्जुन, काठमाण्डु बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर

तनहुँ, व्यास नगरपालिका–४ का ४० वर्षीय ओम कुमार मल्ल

धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी

तनहुँ, शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल

काठमाण्डु, बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले

तनहुँ, भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल

पाल्पा, तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठ