काठमाडौं । नेपालबाट भारतको नयाँ दिल्लीका लागि छुटेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा अधिकांश नेपालीहरु पनि रहेको र घटनाको थप विवरण आइनसकेको नेपालगञ्ज प्रहरीले जनाएको छ ।
आइतबार बिहान भारतको लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो ।
घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
घाइते हुनेहरुमा नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत रहेको भारतीय अखबार दैनिक जागरणले समाचार लेखेको छ । समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन ।




प्रतिक्रिया