काठमाण्डु- काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ । बस काभ्रेको काभ्रेभञ्ज्याङमा दुर्घटनामा परेको हो ।
बागमती प्रदेश ३००१–००५ख ९९४२ नम्बरको अरनिको यातायातको बस सडकको नालीमा पल्टिएको काभ्रे प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । चालक र सह–चालकको टाउकोमा गभ्मीर चोट लागेको बताइएको छ ।
घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।




प्रतिक्रिया