बिना अनुमति यात्रु बोक्ने बस र चालक प्रहरी नियन्त्रणमा


काठमाडौं – बिना अनुमति यात्रु बोक्ने चालक पक्राउ परेका छन् । धनगढीबाट काठमाडौंसम्म बिनाअनुमति यात्रु ओसार–पसार गर्न खोजेको भन्दै कैलालीमा प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बसका चालक धनगढी उप–महानगरपालिका वडा नं. १ का ३५ वर्षीय लक्ष्मण रसायली रहेका छन् । पक्राउ परेको गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाइएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसार–पसार गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य सवारी पास लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement