आज रातिदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन हुँदै

आज रातिदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साझा यातायातले काठमाण्डु उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ ।

काठमाण्डु, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, चन्द्रगिरी नगरपालिको सहयोगमा बससेवा सञ्चालन हुन लागेको हो ।

बससेवा वैशाख १ गते मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।

थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म एउटा रुटको रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछ ।

फर्किने बस विमानस्थलबाट तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै पुन: थानकोट पुग्नेछ । नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइनेछ, जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन् ।

रात्रिकालीन सेवा सञ्चालनका लागि यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक बसमा ४ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ भने काठमाण्डु महानगरपालिकाले प्रत्येक बसमा १ जना नगर प्रहरी खटाउनेछ ।

रात्रिकालीन बस सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने वर्गलाई सुरक्षित र सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।