बस र कार ठोकियो, १ जनाको मृत्यु

बस र कार ठोकियो, १ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवनमा बस र कार ठोकिँदा १ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान चितवनको खैरहनी नगरपालिका–२, ज्यामिरे चोकमा उदयपुरबाट काठमाण्डु जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोकिएका हुन्।

चितवन प्रहरीका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।