रामेछापमा बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

रामेछापमा बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाण्डु आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते २५ जनालाई उपचारका लागी धुलिखेल पठाइएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको उनले बताए ।