काठमाण्डु – लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ ।
अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि – वालेट बाट क्यूआर स्क्यान गरि फोन पे नेटवर्क अन्तरगतभुक्तानी गर्न सकिनेछ । क्यूआरद्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डुको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ ।
क्यूआर पेमेन्ट ले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैकले लिएको छ । लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेन्ट लाई अस्पताल ,शपिङ्गमल , इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना- ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ क्ष्




प्रतिक्रिया