गोगंबु बसपार्कमा बसभित्र युवकको शव फेला

गोगंबु बसपार्कमा बसभित्र युवकको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको हो।

अधिकारीको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।