दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ असोज २२ गतेदेखि खुला हुने

दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ असोज २२ गतेदेखि खुला हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दशैंतिहार तथा छठ पर्वका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुला हुने भएको छ ।

आज शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सवारी भाडा, सवारी संख्या र रुट परमिट खुला गर्ने विषयमा थप गृहकार्य हुने जनाइएको छ ।