काठमाण्डु– तनहुँमा यात्रुबाहक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको हो ।
बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र दुई जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दियो ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए।
थप यात्रुहरूको खोजी जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।




प्रतिक्रिया