काठमाण्डु– काठमाण्डुबाट ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।
प्रदेश ३ ०१–००५ख ९९७५ नम्बरको बस रामेछापको सेलेघाटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
अहिले उद्धार कार्य जारी रहेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । घटनाको थप विवरण आउँन बाँकी छ।




प्रतिक्रिया